Wed. Sep 25th, 2024

चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन

काठमाण्डौं, २०७८ असोज ९ गते शनिबार । चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको आज(शनिबार) विहान क्यान्सरका कारण निधन भएको छ ।

७५ वर्षको उमेरमा आज बिहान तीन बजे भासिनको निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

भारतको राजस्थानमा सन् १९४७ अप्रिल २४ मा जन्मिनु भएकी भासिन सशक्त लेखक समेत हुनुहुन्थ्यो । उहाँ आफ्ना पिताको चौथो सन्तान हुनुहुन्थ्यो । उहाँले महिला अधिकारका लागि संगत भन्ने संस्था नै स्थापना गर्नुभएको थियो । भासिनले लेख्नु भएको कविता ‘किनकी म महिला हुँ, मैले पढ्नुपर्छ’ निकै चर्चित थियो ।

सामाजिक अभियान्ताहरुका अनुसार भासिनले ३५ वर्षसम्म महिला अधिकार, शिक्षा र समानताका लागि वकालत गर्नुभएको थियो । सामाजिक सञ्जालमा धेरै मानिसहरुले भासिनको निधनप्रति आज दुख व्यक्त गरेका छन् ।

Facebook Comments