Wed. Sep 25th, 2024

काठमाण्डौं, २०७८ असोज ९ गते शनिबार ।  नजरबन्द मुक्त भए लगत्तै ह्वा वै कम्पनीकी उप-प्रबन्धक मङ चीन सरकारको चार्टर विमानबाट स्वदेश फर्कनु भएको छ । चीन सरकारको अथक प्रयासपछि स्थानिय समय अनुसार सेप्टेम्बर २४ तारिख क्यानाडा सरकारद्वारा १ हजार २८ दिनसम्म अबैध रुपमा क्यानडामा नजरबन्दमा रहनु भएकी मङ वान चौ चीन सरकारको चार्टर विमानबाट स्वदेश फर्कनु भएको हो।

उहाँले पुन स्वतन्त्रता प्राप्त गर्नुभएको कुरा न्याय र कानुनको विजय हो, जसले चिनियाँ नागरिकको बैधानिक हक-हितको संरक्षण गर्ने चीनको सत्तारुढ पार्टी र चीन सरकारको दृढ अठोट देखाउनुका साथै प्रभुत्ववाद विरुद्ध चिनियाँ जनताको बलियो संकल्प अभिव्यक्त गरेको छ भनि सीआरआईले लेखेको छ ।

सन् २०१८ को डिसेम्बरमा क्यानाडा सरकारले अमेरिकी सरकारको माग अनुसार भान्कुभरमा उडान बदल्ने क्रममा मङ वान चौलाई पक्राउ गरि नजरबन्द गरेको थियो। त्यसपछि अमेरिकाले “सञ्चारमा धोकाधडी अवरोध”को नाममा मङ वान चौलाई क्यानाडाबाट अमेरिकामा सुपुर्दगी गर्न आग्रह गरेको थियो। त्यसपछि क्यानाडाले मङ वान चौले क्यानाडाको कुनै पनि कानुन विपरीत काम नगरेको वास्तविकताको वास्ता नगरी अबैध रुपमा उहाँलाई १ हजार २८ दिनसम्म थुनेको थियो।

सीआरआई लेख्छ, “यो पूर्ण रुपमा एउटा राजनीतिक घटना हो। जुन अमेरिकी निर्देशनमा क्यानाडाले गरेको चिनियाँ नागरिक लक्षित एउटा राजनीतिक सताउने कार्य हो। वास्तवमा अमेरिका र क्यानाडाले कानुनका नाममा चीनको उच्च विज्ञान प्रविधि कम्पनीलाई दबाएर चीनको विज्ञान र प्रविधि कम्पनीको विकासलाई रोकथाम गर्न खोजेको हो।”

मङ वान चौलाई अबैध थुनिएपछि चीन सरकारले क्यानाडालाई आफ्नो गल्ती तुरुन्तै सच्याउनुपर्ने र उहाँलाई रिहा गर्ने आग्रह गर्दै आएको थियो। चालु वर्षको जुलाई महिनामा अमेरिकी उप-विदेश मन्त्री वेण्डी शर्मानको चीन भ्रमणको अवधिमा चीनले मङ वान चौमाथि गरिने सुपुर्दगी रद्द गर्नुपर्ने आग्रह गरेको थियो। संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४८ औँ सम्मेलनमा चीनले क्यानाडालाई मङ वान चौलाई अबैध थुनिएको कुरा हटाउन ताकिता गरेको छ।

यसैबीच क्यानाडा छाड्नुअघि मङ वान चौले गहिरो भावना लिँदै मन्तव्य दिनुभएको छ। “यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रह्यो यसले मेरो जीवनमा निकै उथल पुथल ल्याएको छ,” क्यानडामा थुनामुक्त भएपछि मङ वान चौले सम्वाददाताहरूसँग भन्नुभयो ।

“कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। विश्वभरका मानिसहरूबाट प्राप्त शुभेच्छाहरूलाई म कहिल्यै बिर्सने छैन,” उहाँले पुन भन्नुभयो ।

Facebook Comments