Wed. Sep 25th, 2024

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा राष्ट्र संघको ७६औँ महासभालाई सम्बोधन, १० करोड खोप निःशुल्क सहयोग गर्ने घोषणा

काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले २१ तारिख पैचिङबाट भिडियोमार्फत संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई सम्बोधन गर्नुभएको छ । “विश्वासलाई द्दढ बनाएर संयुक्त रूपमा कठिनाईको सामना गरेबाट अझ सुन्दर संसारको निर्माण” विषयमा सीको सम्बोधन केन्द्रित थियो ।

राष्ट्राध्यक्ष सीका अनुसार यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सव मात्र नभई जन गणतन्त्र चीनको संयुक्त राष्ट्र संघमा वैधानिक सिट पुनर्स्थापना भएको ५०औँ वार्षिकोत्सव पनि हो। चीनले उक्त ऐतिहासिक घटनाको भव्य सम्झना गर्दै संयुक्त राष्ट्र संघसँगको सहयोगलाई नयाँ उचाइमा पुर्याउने छ।

एक वर्षअघि विभिन्न मुलुकका नेताहरुले संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ वार्षिकोत्सवमा श्रृँखलाबद्ध शिखर सम्मेलनमा भाग लिँदै महामारीको प्रतिरोध, चुनौतिको सामना, बहुपक्षीयता कायमलगायत संयुक्त राष्ट्र संघको भूमिकालाई मजबुत बनाउने बचन दिएका थिए। एक वर्षयता विश्वमा एक शताब्दीमा नदेखिएको ठूलो परिवर्तनको अवस्था र नयाँ कोरोना भाइरस महामारी फैलिँदै गएको प्रभावमा विभिन्न मुलुकका जनताको शान्ति र विकासप्रतिको इच्छा र निष्पक्षताप्रतिको आह्वान अझ बलियो बन्दै गएको देखिन्छ। त्यसैले हरेक दायित्वबोध राजनीतिज्ञले विश्वास,साहस र जिम्मेवारी लिँदै वर्तमान युगको परीक्षाको सामना गर्दै ऐतिहासिक छनौट सिर्जना गर्नुपर्छ। यसप्रति राष्ट्राध्यक्ष सीले चार निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

पहिलो, हामीले महामारीलाई पराजित गर्नुपर्छ। वर्तमान परिप्रेक्ष्यमा प्राथमिक कुरा भनेको विश्वव्यापी रुपमा खोपको उचित तथा निष्पक्ष वितरण हो। चीनले पूरा वर्षभरि विदेशका लागि २ अर्ब खोप प्रदानको प्रयास गर्ने छ।“नयाँ कोरोना भाइरस खोप कार्यान्वयन योजना”लाई १० करोड अमेरिकी डलर सहायता दिने आधारमा यस वर्षमै विकासोन्मुख मुलुकलाई १० करोड खोपको निःशुल्क सहयोग गर्ने छ। साथै चीनले निरन्तर रुपमा ग्लोबल भाइरस स्रोतको वैज्ञानिक खोजीलाई निरन्तर समर्थन दिँदै यस सम्बन्धी कुनै किसिमको राजनीतिक नियन्त्रणको कडा विरोध गर्दै जाने छ।

दोस्रो, हामीले अर्थतन्त्रको पुनरुत्थान गर्दै अझ बलियो, हरित, स्वस्थ ग्लोबल विकासलाई साकार तुल्याउन प्रयास गर्नुपर्छ। यस सम्बन्धमा राष्ट्राध्यक्ष सीले विकासलाई प्राथमिकतामा राख्नु, जनतालाई केन्द्रमा राख्नु, सहुलियत तथा समेटिएको धारणाको कायम राख्नु, नविनताबाट विकासलाई प्रवर्द्धन गर्नु, मानव जाति र प्रकृतिको मेलमिलापयुक्त सहअस्तित्व, योजनाबमोजिम प्रभावकारी गतिविधि गर्नु गरी छ सुझाव प्रस्तुत गर्नुभएको छ।

यसै गरी राष्ट्राध्यक्ष सीले तेस्रो प्रस्तावको क्रममा भन्नुभएको छ, हामीले एकताबद्ध भएर पारस्परिक सम्मान, सहयोग तथा साझा फाइदा भन्ने अन्तर्राष्ट्रिय सम्बन्धको विचारधारालाई व्यवहारमा उतार्नुपर्छ। एक शान्त विकसित संसारले विविध सभ्यता बोक्नसक्छ। जन गणतन्त्र चीनले खोजेको विचारधारा शान्ति तथा मेलमिलाप हो। पहिले कहिल्यै अरुमाथि अतिक्रमण नगरेका चिनियाँहरुले भविष्यमा पनि हस्तक्षेप गर्ने छैन।

चोथो, हामीले ग्लोबल व्यवस्थापनलाई पूर्णता दिलाउँदै बहुपक्षीयतालाई व्यवहारमा उतार्नुपर्छ। संयुक्त राष्ट्र संघले बहुपक्षीयताको झण्डा फहराउँदै विभिन्न मुलुकका लागि सुरक्षा र विकास उपलब्धिको संरक्षण गर्नुपर्छ। अन्तमा, राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छःमानव जातिको शान्त विकसित पाइलाको प्रवृत्ति रोकिन्न। हामीले विश्वासलाई सबल बनाउँदै मानव जाति भाग्य समुदायको निर्माणलाई प्रवर्द्धन गरौँ। सीआरआई

Facebook Comments