Mon. Jun 1st, 2026

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पल्लो शान सी प्रान्तीय युलीन शहरको निरीक्षण

       

काठमाडौं, २०७८ भदौ ३० गते बुधबार । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पल्लो शान सी प्रान्तीय युलीन शहरको निरीक्षण गर्नुभएको छ। उहाँले राष्ट्रिय ऊर्जा स्रोत समूहअन्तर्गत युलीन रासायनिक उद्योग कम्पनी लिमिटेड, मीच जिल्लाको यिनचौ क्षेत्रको काउ सी कौ गाउँ, याङ च्या कौ क्रान्ति पुरानो स्थलको मंगलबार निरीक्षण गर्नुभएको हो।

उहाँले परिपत्र अर्थतन्त्रको कोइला प्रयोग, भूस्खलन र पर्यावरणीय सभ्यता निर्माण, क्रान्तिको पुरानो स्थलको संरक्षण तथा प्रयोगबारे जानकारी लिनुभएको छ।

सीले ऊर्जा स्रोत व्यवसाय निरन्तर रुपमा विकास हुनुपर्ने, नत्र भने राष्ट्रिय आधुनिकीकरणमा टेवा पुर्‍याउन नसकिने, कोइला ऊर्जाले हरित र कम कार्बनयुक्त विकासको बाटो हिँड्नुपर्ने कुरामा जोड दिनुभयो।

काउ सी कौ गाउँमा सीले खेतीपातीमा अन्नबाली हुर्कने अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय वासिन्दासँग कुराकानी गर्नुभयो। याङ च्या कौ क्रान्तिको पुरानो स्थलमा सीले क्रान्तिको पुरानो स्थलको संरक्षण तथा प्रयोगको अवस्थाबारे जानकारी लिनुभयो। सीआरआई

Facebook Comments