Wed. Sep 25th, 2024

भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल वीरगञ्ज आइपुग्याे

काठमाडौं, २०७८ भदौ ३० गते बुधबार । भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल वीरगञ्ज आइपुगेको छ । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०:१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । यस अघि भारतीय सरकारको स्वामित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा यो निजी क्षेत्रको पहिलो रेल हो ।

भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सभ्झौता भएको र सो अनुसार नेपालमा निजी रेल आउन सम्भव भएको हो । हाललाई निजी क्षेत्रले हप्तामा दुई दिन सेवा प्रदान गर्ने छ । गोरखापत्र अनलाईन

Facebook Comments