Mon. Sep 23rd, 2024

सर्वाेच्चकाे फैसलाकाे विराेधमा एमालेले नागरिकमाझ बहस सिर्जना गर्ने

काठमाण्डौं, २०७८ साउन १ गते शुक्रबार ।  नेकपा एमालेले सर्वाेच्चकाे फैसलाकाे विराेधमा एमालेले नागरिकमाझ बहस सिर्जना गर्ने भएकाे छ । शुक्रवार सङ्घीय संसद् भवनकाे ल्होत्से हलमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले देशलाई निर्दलीय व्यवस्थातर्फ लैजाने गरी फैसला गरेको भन्दै त्यसका विरुद्ध भन्डाफाेर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर देशलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले संसदीय दलको बैठकले आपत्ति जनाएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । सर्वोच्चको फैसलाको विरोधमा देशभर भन्डाफाेर गर्ने निष्कर्ष निकालिएको उहाँले बताउनुभयो ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतको तर्फबाट संविधानको धारा/उपधाराको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रूपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर, दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो । निर्दलीय व्यवस्थातर्फ देशलाई अग्रसर गराउने गरी जुन फैसला गरियो, त्यसप्रति हाम्रो यो बैठकले आपत्ति व्यक्त गरेको छ र यसलाई व्यापक रूपमा जनताका बीचमा भन्डाफोर गर्ने हामीले निष्कर्ष निकालेका छौँ । ’

बैठकले ओली नेतृत्वको सरकारले बाढी-पहिरो पीडित घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै वर्तमान सरकारसँग घाइतेको निःशुल्क उपचार गर्न माग पनि गरेको छ । उज्यालो अनलाईन

Facebook Comments