Mon. Sep 23rd, 2024

निवर्तमान प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भव्य विदाई

काठमाण्डौं, २०७८ असार ३० गते बुधबार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँको बिदाइमा पूर्वमन्त्रीहरु, सांसद, प्रदेश मन्त्रीलगायत ठूलो संख्यामा उपस्थिति थियो ।

 

ओलीको गृहनिवास फिर्ताका लागि युवा संघले स्कटिङ गरेको थियो । युवा संघका अध्यक्ष किरण पौडेलले निवर्तमान प्रधानमन्त्री ओलीको बालुवाटारबाट बालकोटसम्मका लागि रुट निर्धारण गरिएको थियो । बालुवाटारदेखि बालकोटसम्मको यात्रामा हजारौं कार्यकर्ता र सर्वसाधारणले केपी ओली जिन्दावादको नारा लगाएका थिए ।

 

Facebook Comments