Mon. Sep 23rd, 2024

केपी ओलीको बिदाइमा कार्यकर्ताले घन्काए ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं’ को नारा

काठमाण्डौं, २०७८ असार ३० गते बुधबार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट बुधबार बाहिरिनुभयो । सर्वोच्च अदालतको परामदेशले कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँको बिदाइमा पूर्वमन्त्रीहरु, सांसद, प्रदेश मन्त्रीलगायत ठूलो संख्यामा उपस्थिति थियो ।

ओलीको गृहनिवास फिर्ताका लागि युवा संघ, खेलकुद महासंघलगायतले स्कटिङ गरेको छ । सडकमा ठूलो संख्यामा उपस्थित कार्यकर्ता र शुभेच्छुकले नाराबाजी गरेका छन् । उनीहरुले ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं’ लगायतका नारा लगाएका छन् ।

एमाले अध्यक्षसमेत रहनुभएका ओलीको स्वागतका लागि बालुवाटारदेखि बालकोटसम्म ठूलो संख्यामा कार्यकर्ता उभिएर बिदाइ गरेका छन् ।

Facebook Comments