Mon. Sep 23rd, 2024

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठलाई पुत्रशोक

काठमाण्डौं, २०७८ असार ३० गते बुधबार । वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठलाई पुत्रशोक परेको छ । श्रेष्ठका जेष्ठ सुपुत्र ईन्जिनियर लुज श्रेष्ठको आज विहान ११ वजे निधन भएको हो । पुल्चोक क्याम्पसका प्राध्यापक समेत रहनु भएका ५० वर्षीय श्रेष्ठलाई कोरोना संक्रमण भएको आशंकामा ५ दिन पहिले अस्पताल भर्ना गरिएको उहाँको परिवारजनले जानकारी दिनुभएको छ । इन्जिनियर श्रेष्ठलाई सुगर, प्रेसर लगायतका अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको पारिवारिक श्रोतले बताएको छ । स्वर्गीय श्रेष्ठका आमा, बुबा, एक भाइ, एक छोरी, एक छोरा र श्रीमति हुनुहुन्छ ।

भ्वाईस अफ काठमाडौं मिडिया प्रा.लि.स्वर्गीय श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै शोकको यो घडीमा रहनु् भएका वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ र उहाँका समस्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै उहाँहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ ।

Facebook Comments