Sat. Jul 27th, 2024

गल्फमा १७ वर्षीय सुवासलाई २ स्वर्ण

काठमाडौं, २०७६ मंसिर २० गते शुक्रबार ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालका सुवास तामाङले स्वर्ण पदक जित्नु भएको छ। उहाँ उमेरले १७ वर्षका मात्रै हुनुहुन्छ। सुवासले व्यक्तिगत र टिम इभेन्टमा गरी दुई स्वर्ण जित्नु भएको छ।

गोकर्ण गल्फ क्लबमा शुक्रबार बंगलादेशका खेलाडीलाई व्यक्तिगत रुपमा पछि पार्दै सुवासले स्वर्ण जित्नु भएको हो। रजत पदकमा सीमित भएका बंगलादेशका मोहमद फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोड्नु भयो।

स्वर्णधारी सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर बनाउनु भयो। व्यक्तिगत तर्फ नेपालका शुक्रबाहदुर राईले कांस्य जित्नु भयो ।

पुरुषको टिम इभेन्टतर्फ भने सुवाससहित टंकबहादुर कार्की, शुक्रबहादुर राई र निरज तामाङ रहनु भएको छ। गल्फमा नेपाली महिलाले पनि प्रतिस्पर्धा गरिरहेका छन् तर स्वर्ण ल्याउने सम्भावना भने सकिएको छ। नागरिक न्यूज अनलाईनबाट ।

Facebook Comments