Tue. Jul 28th, 2026

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा क्वाङसीको निरीक्षण भ्रमण

       

काठमाडौं, २०७८ बैशाक १३ गते सोमबार ।  चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनको क्वाङसी प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको छ । सो निरीक्षण भ्रमणका सिलसिलामा चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनु भएका सी को उपस्थितीमा चिनियाँ नौसेनाले चिनियाँ नौसेनाका तीन प्रकारका युद्धपोतहरू-छाङचङ १८, ताल्यान जहाज र हाइनान जहाज सामूहिक रूपमा हाइनानको सैन्य बन्दरगाहलाई हस्तान्तरण गरेको छ।

हस्तान्तरण समारोहमा महासचिव सी चिन फिङले चिनियाँ नौसैना, अनुसन्धान तथा उत्पादन कर्मचारीहरू र नौसेनाका अधिकारी तथा सिपाहीहरूसँग भेट-वार्ता पनि गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले २५ तारिख बिहान क्वाङसी प्रान्तको क्वैलिन छ्वानचौ जिल्लाको छाइवाङ गाउँ क्षेत्रमा अवस्थित लालसेनाको लडमार्च स्याङच्याङ युद्ध स्मारक पार्कको अवलोकन पनि गर्नुभएको छ। यसै गरी महासचिव सीले छाइवाङ ग्रामिन क्षेत्र अन्तर्गत माउचुशान गाउँ क्षेत्रको पनि निरीक्षण भ्रमण गर्नुभएको छ।

यसै गरी, महासचिव सीले २५ तारिख दिउँसो लिच्याङ नदीको याङशु क्षेत्रमा रहेको लिच्याङ नदी घाटीको बृहत्तर व्यवस्थापन र पारिस्थितिक संरक्षणको अवस्थाबारे पनि निरीक्षण गर्नुभएको छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read