Tue. Jul 28th, 2026

काठमाडौं उपत्यकामा निषेधाज्ञाको प्रस्ताव

- कोरोना संक्रमण भयावह

       

काठमाडौं, २०७८ बैशाक १३ गते सोमबार । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश लगाउन प्रस्ताव गरिएको छ।संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा तयारी भैइरहेको छ ।

अर्को सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो। पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने छ ।

उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागु हुने सुचना केहीबेरमाप्रकाशित हुने छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो। निषेधाज्ञा अवधिबर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

देशभर कोरोना संक्रमण बढिरहेका बेला आज साँझ मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। बैठकले लकडाउन, निषेध आदेश वा अन्य कदमबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

आइतबारसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित मुलुकका  जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा माथि छ। सीसीएमसीले शहरी क्षेत्रका जिल्लामा ५०० र ग्रामीण जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित पुगे लकडाउन गर्न सिफारिस गरेको छ। ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु काठमाडौं, बाँके, ललितपुर, रुपन्देही, पर्सा, भक्तपुर, कास्की, मोरङ, दाङ हुन्।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read