Thu. Apr 25th, 2024

उच्च अदालतका लागि १५ जना न्यायाधीश सिफारिस

काठमाडौं, २०७६ मंसिर ४ गते बुधबार ।

न्याय परिषदले उच्च अदालतमा १५ जना न्यायाधीश सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले ६ जना जिल्ला न्यायाधीशबाट, एक जना सरकारी वकिल र ८ जना अधिवक्ताबाट न्यायाधीशको लागि सिफारिस गरेको छ।

उच्च अदालत पाटनको माननीय न्यायाधिसमा सिफारिस अधिवक्ताद्वय मिना गौतम सेढाई र रेखा थापा पाण्डे

जिल्ला न्यायाधीशबाट बढुवा हुनेहरुमा किरण कुमार पोखरेल, मुरारिबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दिपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नारिस्वर भण्डारी रहनु भएको छ । सहन्यायाधीवक्ता गिता प्रसाद तिमिल्सना पनि उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु भएको छ ।

अधिवक्ताहरुबाट मिलन कुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मिना गौतम सेढाई, सोमकान्त मैनाली, देशबहादुर सार्की, रेखा थापा पाण्डे र किरण कुमार गुप्ता हुनुहुन्छ । उच्च अदालतमा अहिले १२ न्यायाधीशको पद खाली रहेको छ। नागरिक न्यूज अनलाईनबाट ।

Facebook Comments