Sat. May 4th, 2024

प्रधानमन्त्रीद्वारा मौजुदा मन्त्रिमण्डलमा फेरबदल

काठमाडौं, २०७६ मंसिर ४ गते बुधबार ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ । मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिनु भएको छ । नेताहरु हृदयेश त्रिपाठी, घनश्याम भुसाल, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ, लेखराज भट्ट, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ मन्त्री पदसहित सरकारमा सामेल हुनुभएको छ ।

यसैगरी, राज्यमन्त्रीहरुमा पनि तीनजना नयाँ चेहरा थपिनु भएको छ । राष्ट्रपति कार्यालयका अनुसार, मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्रीसहित सरकारमा सामेल हुनुभएको छ । सरकारबाट बाहिरिने भनी चर्चामा ल्याइएका कतिपय मन्त्रीहरुको पद कायमै रहेको छ । नयाँ थपिएका मन्त्री तथा राज्यमन्त्रीमा महिलाको संख्या भने थपिन सकेन । पहिलाको मन्त्रिपरिषद्मा रहनु भएका दुईजना महिलामन्त्री भने कायमै रहनु भएको छ ।

मन्त्रिपरिषद्बाट बाहिरिने मन्त्रीहरुमा मातृका यादव, लालबाबु पण्डित, थममाया थापा, गोकर्ण विष्ट, रघुवीर महासेठ र चक्रपाणि खनाल हुनुहुन्छ । यसैगरी, राज्यमन्त्रीहरु धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्रकुमार यादवले पनि बिदा पाउनुभएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको शपथग्रहण बिहीबार हुने जानकारी दिनुभयो । यसैगरी, राष्ट्रपतिका प्रमुख निजी सचिव डा. भेषराज अधिकारीले पनि बिहीबार बिहान करिब ११ बजेको हाराहारीमा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुने बताउनुभयो ।

वि.सं. २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभएका के.पी. शर्मा ओलीले पटक पटक मन्त्रिपरिषद्मा सामान्य हेरफेर गर्दै आउनुभएको थियो तर अहिले एकै पटक छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजनालाई मन्त्रिपरिषद्मा सामेल गर्नुभएको छ । साथै त्यतिकै संख्यामा बिदाइ पनि गर्नुभएको छ । गोरखापत्र अनलाईनबाट ।

सूची तल हेर्नुहोला

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
श्री केपी शर्मा ओली प्रधानमन्त्री
श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा
श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला
श्री रामबहादुर थापा मन्त्री गृह
श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र
श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
१० श्री भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
११ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१२ श्री योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३ श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण
१४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ डा. युवराज खतिवडा मन्त्री अर्थ
१६ श्री मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास
१७ श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
१८ श्री गोकुलप्रसाद वाँस्कोटा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
१९ श्री पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
२० श्री बीना मगर मन्त्री खानेपानी
२१ श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
२२ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
२३ श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
२४ श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
२५ श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास

गोरखापत्र अनलाईनबाट ।

Facebook Comments