Sat. Sep 21st, 2024

जापानी प्रधानमन्त्री शिन्जो आबेद्वारा राजीनामा

काठमाडौं, २०७७ भदौं १२ गते शुक्रबार

जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन्।

आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन्।

विविसी का अनुसार यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो।

उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन्। अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ।

सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका थिए।

सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन्। ‍उनको पदावधि २०२१ सम्म थियो।

 

Facebook Comments