Wed. Nov 20th, 2024

प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट   

काठमाण्डू, २०८१ असोज ४ गते शुक्रबार । प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच आज भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ । रासस

Facebook Comments