Wed. Oct 2nd, 2024

“बेल्ट एण्ड रोड”इनिसिएटिभसम्बन्धी शंका “राजनीतिक उद्देश्यका लागि मात्र हो”

काठमाण्डू, २०८१ असोज १५ गते मंगलबार । सन् २०१३ चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ” बेल्ट एण्ड रोड” इनिसिएटिभ प्रस्ताव गर्नुभएको थियो जसको उद्देश्य साझेदारहरूसँग सक्रिय रूपमा आर्थिक सहयोगको विकास गर्ने र आपसी राजनीतिक विश्वास, आर्थिक एकीकरण र सांस्कृतिक समावेश सहितको चासो, भाग्य र जिम्मेवारीको समुदाय निर्माण गर्ने रहेको छ।

2024092916144498718-1727774957.png
११ वर्षयता “बेल्ट एण्ड रोड” सहकार्य प्रारम्भदेखि नै फस्टाएको र फलदायी भएको छ जुन युरेशिया महादेशबाट अफ्रिका र ल्याटिन अमेरिकासम्म फैलिएको छ भने १५० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाले “बेल्ट एण्ड रोड” को संयुक्त निर्माणमा सहयोग सम्बन्धी कागजातमा हस्ताक्षर गरेका छन् साथै व्यावसायिक क्षेत्रमा २० भन्दा बढी बहुपक्षीय सहयोग प्लेटफर्म स्थापना गरेका छन्। “बेल्ट एण्ड रोड” जहाँ पुग्यो ठूला पूर्वाधार परियोजनाले जरा गाडे र फुल्यो, स्थानीय जनताको समृद्धि र विकासको सपनालाई उचाल्यो र विश्वव्यापी अर्थतन्त्रमा नयाँ जोश भरियो।

2024092916144495921-1727774995.jpg
तीमध्य नेपाल समावेश छ। “बेल्ट एन्ड रोड” इनिसिएटिभ नेपालमा व्यापक रूपमा स्वागत र मान्यता प्राप्त भएको छ जसले नेपाललाई “बेल्ट एन्ड रोड”को संयुक्त निर्माणलाई समर्थन गर्ने पहिलो देशमध्ये एक बनाएको छ। सन् २०१७ नेपाल र चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। त्यसपछि पूर्वाधार निर्माण, अन्तरसम्बन्ध, विज्ञान, शिक्षा, संस्कृति र पर्यटनमा दुई देशबीचको सहकार्यले फलदायी नतिजा हासिल गरेको छ, विशेषगरी दुई देशबीचको पारस्परिक लाभकारी सहयोगको “गिट्टी ढुङ्गा”को रूपमा रहेको आर्थिक र व्यापारिक सहयोग। नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताएअनुसार, केही वर्षयता अन्य व्यापारिक साझेदारसँग नेपालको व्यापार मात्रा घटेको छ, तर चीनसँगको व्यापार निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०२३–२०२४ का अघिल्ला आठ महिनामा नेपाल र चीनबीचको व्यापार मात्रा ३५ प्रतिशतले बढेर कुल व्यापार परिमाण १खर्ब ९६ अर्ब नेपाली रुपैयाँ रहेको छ। त्यसमध्ये चीनबाट १खर्ब ९४ अर्ब नेपाली रुपैयाँको आयात व्यापार र चीनतर्फको निर्यात व्यापार १ अर्ब ९५ करोड नेपाली रुपैयाँ रहेको छ। सन् २०२३ को जुलाईसम्म चीनबाट करिब २० खर्ब नेपाली रुपैयाँको लगानीमा २२१५ परियोजना छन्, ती लगानीले नेपालमा १ लाख भन्दा बढी रोजगारी ल्याएका छन्। यो धेरै रोमाञ्चक छ। उहाँले विशेष गरी उल्लेख गर्नुभयो कि नेपाललाई पूर्वाधार र ऊर्जा जस्ता क्षेत्रमा आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएकोमा चिनियाँ जनता र सरकारलाई धन्यवाद दिनुपर्छ, लगानी र व्यापारबाट आर्थिक क्षेत्रमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास छ।

2024092916144352101-1727775170.jpg
तर त्यसैबेला अमेरिका र पश्चिमा मुलुकबाट बहकिएर बेल्ट एन्ड रोड इनिसिएटिभबारे नेपालमा केही नकारात्मक आवाज उठेका छन् जसमा बेल्ट एण्ड रोड इनिसिएटिभले ऋणको जाल बढाउने हो कि होइन भन्ने प्रश्न उठेको छ। यसले नेपालका सबै क्षेत्रबाट कडा असन्तुष्टि पैदा गरेको छ। नेपालको जनसमीक्षा सञ्जालले प्रतिक्रिया गरी रिपोर्ट गरेको छ कि बेल्ट एण्ड रोड इनिसिएटिभमा संलग्न सबै पक्ष समान सहभागी हुन साथै उनीहरू सबैले इनिसिएटिभलाई योगदान गरेको र लाभान्वित भएका छन्। बेल्ट एण्ड रोड इनिसिएटिभ खुला, समावेशी र पारदर्शी छ। योसँग कुनै लुकेको भूराजनीतिक एजेन्डा छैन, साथै एक विशेष सर्कल बनाउँदैन र अरूलाई भेदभावपूर्ण व्यापारिक अवस्था थोपर्दैन। विकासोन्मुख देशको ऋणको समस्या लामो समयदेखि रहिआएको छ, बेल्ट एन्ड रोड इनिसिएटिभ वा चीनलाई ऋण समस्याको दोष दिनु अनुचित हो। वास्तवमा बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी भएदेखि कुनै पनि देश ऋण संकटमा परेको छैन। बेल्ट एन्ड रोड इनिसिएटिभको सहयोगले धेरै देश “विकास नभएको” को जालबाट उम्केका छन्।

BRI-Opportunities-and-Challenges-Program-KTM-DSC_3621-1727328508.jpg
यस सम्बन्धमा नेपालमा छलफल जारी छ। हालै काठमाण्डूमा “बेल्ट एण्ड रोड” इनिसिएटिभका अवसर र चुनौती विषयक गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, नेकपा (एमाले)का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी)का महासचिव देव गुरुङ, नेकपा समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा, नेकपा(माले)का महासचिव सीपी मैनालीलगायत नेपालका विभिन्न राजनीतिक दलका नेता, विचार समूहका विज्ञ, विद्वान, मित्रवत संघसंस्थाका प्रतिनिधिलगायत एक सयभन्दा बढी अतिथिको सहभागिता थियो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्ताव गर्नुभएको ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभले नेपाल र चीनबीचका विभिन्न क्षेत्रमा आदानप्रदानलाई थप मजबुत बनाउनुका साथै नेपालको विकासका नयाँ अवसर प्रदान गर्ने सहाभागी अतिथिले सहमति जनाएका थिए।

2024092916175781772-1727775310.jpg
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले “बेल्ट एण्ड रोड”इनिसिएटिभमा सामेल हुनु नेपालको समृद्धि र विकास निर्माणको चाहना भएको बताउनुभयो। उहाँले नेपालले “बेल्ट एण्ड रोड”इनिसिएटिभमार्फत सहयोगका नयाँ क्षेत्र खोल्ने र नेपाल-चीन नेताबीचको सहमतिलाई कार्यान्वयन गर्ने आशा पनि राखेको भन्दै चीनको महत्वपूर्ण साझेदार भएकाले नेपालले यसबाट फाइदा लिने व्यक्त गर्नुभयो। नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले “बेल्ट एण्ड रोड”इनिसिएटिभ नेपालका लागि अवसर भएको भन्दै त्यसमार्फत नेपाललाई अन्तर्राष्ट्रिय जगतमा अझ राम्रोसँग जोड्ने उल्लेख गर्नुभयो। नेकपा (माओवादी)का महासचिव देव गुरुङले “बेल्ट एण्ड रोड”इनिसिएटिभको कार्यान्वयन जनताको आकांक्षा र आम प्रवृत्ति भएको हो, तथाकथित ऋण समस्या कुनै तथ्यात्मक आधार बिनाको झूट मात्र हो यो केवल राजनीतिक पूर्वाग्रह बाहिर छ भन्ने कुरा दोहोर्याउनुभयो। विश्वका अन्य देश र संस्थाको ऋणको कुरा नगरी चीनको ऋणको मात्रै कुरा गर्नु राजनीतिक उद्देश्यबाहेक केही होइन भन्ने कुरा पनि उहाँले बताउनुभयो।

2024092916144412458-1727775342.jpg
यसै हप्ता नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चीनको भ्रमण गर्नुभएको छ। उहाँसँग चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री तिङ स्युएस्याङले भेट गर्नुभयो। “बेल्ट एण्ड रोड”इनिसिएटिभ सधैँझैँ दुई पक्षबीचको वार्तामा महत्वपूर्ण विषय बनेको छ। पौडेलले चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ प्रगाढ बनाउने आशा दोहोर्‍याउनुभयो।

नेपालका विभिन्न क्षेत्रबाट इनिसिएटिभका लागि आशंकाको खण्डन र समर्थनले “बेल्ट एण्ड रोड”को सकारात्मक भूमिका जनताको हृदयमा गहिरो जरा गाडेको  र अमेरिका तथा पश्चिमा मुलुकका घृणाको पूर्ण रूपमा प्रमाणित भएको छ। “बेल्ट एण्ड रोड”इनिसिएटिभको निरन्तर प्रगतिसँगै चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध र आदानप्रदान अझ घनिष्ट हुने विश्वास चीनले गरेको छ। सीएमजी

Facebook Comments