Wed. Oct 2nd, 2024

पैचिङमा जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोहको आयोजना

काठमाण्डू, २०८१ असोज १५ गते मंगलबार । चीनको राजधानी पैचिङस्थित जन बृहत् सभा भवनमा जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहको अवसरमा हिजो (सोमबार) साँझ एक भव्य समारोहको आयोजना गरिएको थियो।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, केन्द्रिय सैन्य आयोगका अध्यक्ष तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो । उहाँका अनुसार, जन गणतन्त्र चीन स्थापनाको ७५ वर्षमा पार्टीको नेतृत्वमा चीनका विभिन्न जातीय सर्वसाधारणले अथक प्रयासमा अर्थतन्त्रको तीव्र विकास र समाजको दीर्घकालीन स्थिरता भन्ने दुइ चमत्कारको सिर्जना गरेको बताउनुभयो । उहाँले ७५ वर्षको अवधिमा चीनमा ज्यादै ठूलो परिवर्तन भएको बताउनुभयो ।

सम्बोधनका क्रममा सीले भन्नुभयो, “चीन राष्ट्रको महान पुनरुत्थान अपरिवर्तनीय ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको छ। नयाँ काल र नयाँ यात्रामा चिनियाँ जनताले पक्कै पनि अझ नयाँ र बृहत्तर प्रतिभा सिर्जना गर्ने र शान्ति तथा विकास कार्यमा अझ नयाँ तथा ठूलो योगदान दिनेछन्।”

चीनका प्रधानमन्त्री ली छ्याङले सो समारोहको अध्यक्षता गर्नुभएको थियो। उक्त समारोहमा लगभग तीन हजार जना चिनियाँ तथा विदेशी गन्यमान्य व्यक्ति सहभागी भएर नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव मनाएका थिए ।

Facebook Comments