Mon. Apr 29th, 2024

ट्रम्प सरकारले अमेरिकालाई विश्व महामारी विरूद्धको लडाइँमा बाधा थपेको छ: अमेरिकी विशेषज्ञ

काठमाडौं, २०७७ जेठ २ गते शुक्रबार

अमेरिकी थिङ्क थ्याङ्क सेन्टर फर अमेरिकन प्रोग्रेसका उच्च अध्ययनकर्ता माइकल एच फुछले १२ तारिखका दिन एक लेख सार्वजनिक गरी ट्रम्प सरकारले अमेरिकालाई विश्व महामारी विरूद्धको लडाइँमा ठूलो अफ्ठ्यारो सिर्जना गरेको टिप्पणी गर्नुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार सो लेखमा ट्रम्पले महामारीको कम्जोर नियन्त्रण गरेबाट अमेरिकामा महामारीको फैलावट र मानवीय क्षतिलाई बढाउनुका साथै विश्वमा महामारीको प्रतिरोधलाई कठिन बनाएको कुरा व्यक्त गरिएको छ । साथै  मानव जातिले चुकाएको मूल्य अझ गम्भीर हुनसक्ने कुरा पनि लेखले औंल्याएको छ।

उक्त लेखका अनुसार, नव कोरोना भाइरस समस्त मानव जातिसमक्ष देखिएको संकट हो, यस अवधिमा विश्वका विभिन्न मुलुकले अरू सहयोग गरी संयुक्त रूपमा भाइरसलाई पराजित गर्नुपर्छ तर ट्रम्प सरकारले अमेरिकालाई विश्व महामारि विरूद्धमा ठूलो बाधा सिर्जना गरेको छ।

Facebook Comments