Tue. Apr 16th, 2024

लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने प्रतिबद्धता

काठमाडौं, २०७७ जेठ २ गते शुक्रबार

सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्ततु गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
साथै सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

गोरखापत्र अनलाईनका अनुसार ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट भारतसँगको सीमासम्बन्धी विषयको समाधान गर्ने पनि उल्लेख छ ।

Facebook Comments