Fri. Sep 20th, 2024

तोकिएको समयमा नीति तथा कार्यक्रम ल्याइने : मुख्यमन्त्री कार्की   

मोरङ, २०८१ जेठ १६ गते बुधबार। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याइने बताउनुभएको छ ।

नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकमा उहाँले प्रदेशसभामा नेपाली कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको हो ।

दलका नेता तथा मुख्यमन्त्री कार्कीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले प्रदेशसभाको बैठक बहिष्कार गर्नु उचित नभएको बताउनुभयो । मुख्यमन्त्री कार्कीको नियुक्ति असंवैधानिक भन्दै नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दायर गरेपछि प्रदेशसभा बैठक बहिष्कार गर्दै आइरहेको छ ।

कोशी प्रदेशसभाको बैठक यही जेठ २१ मा बोलाइएको छ ।  रासस

Facebook Comments