Fri. Sep 20th, 2024

नेपाल पर्यटन विकास व्यवसायी संघ (NTDEA) को पत्रयात्रा सम्पन्न

भिओके समाचार/काठमाण्डू, २०८१ जेठ १६ गते बुधबार । नेपाल पर्यटन विकास व्यवसायी संघ (NTDEA)ले गणतन्त्र दिवसको अवसरमा हिजो मंगलबार काठमाण्डूको चन्द्रागिरिदेखि चम्पादेवी हुँदै हात्तीवन फर्फिङसम्म एक दिने पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा २० जना पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो भो औपचारिक कार्यक्रम ( NTDEA) उपाध्यक्ष अच्युत सिग्देलले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा वडा नं ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले चन्द्रागिरि नगरपालिकामा सम्पूर्ण पर्यटन व्यवसायी,अतिथि, पत्रकारहरुलाई स्वागत गर्दै वडामा प्रशस्त सांस्कृतिक सम्पदा रहेको जानकारी दिनुहुँदै ती सबैलाई स्वदेश र विदेशमा प्रवर्द्धन गर्न आग्रह गर्नुभयो।

संस्थाका अध्यक्ष निरजन तिवारीले (NTDEA) संस्थाको परिचय दिनुुुका साथै पद यात्रा आयोजना गर्नुको उद्देश्य र महत्वका बारेमा जानकारी दिनुभएको थियो । सो अवसरमा प्रा. डा. सोम प्रसाद खतिवडाले सम्पदा र पर्यटन बारे संक्षिप्त जानकारी दिनुभएको थियो ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणी खनालले (NTB) ले गरेको प्रवर्द्धन गतिविधिको संक्षिप्त जानकारी दिनुभएको थियो । चन्द्रागिरि नगरपालिका वडा नं ७ का अध्यक्ष शम्भु केसीले सहभागी सबैलाई धन्यवाद भन्दै भगवान राम लक्ष्मणको घुँडा टेकिएको ठाउँ जस्ता सम्पदाको प्रवर्द्धन गर्न आग्रह गर्नुभयो। सो पदयात्राको नेतृत्व उपदेश कुँवरले गर्नुभएको थियो ।

पदयात्राको अन्त्यमा (NTDEA) का सचिव भागवत सिम्खडाले NTDEA का सबै बोर्ड सदस्यहरू, NTDEA का प्रतिनिधि, सहभागीहरू, पत्रकारहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता गतिविधिहरू जारी राख्ने वाचा गर्नुभयो।

Facebook Comments