Sat. Apr 27th, 2024

हुम्लामा पुन हिमपात कृषकलाई राहत

सिमिकोट, २०७६ फागुण २४ गते शनिबार

हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।

हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हँुदा हिमपात शुरु भएको हो ।

मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ ।

स्याउ, ओखर, आरुलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताउनुभयो । यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् ।

खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षात्सँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् ।गोरखापत्र अनलाईनबाट

Facebook Comments