Sat. Apr 27th, 2024

एन्फाद्वारा देशभरका प्रतियोगिता स्थगित गर्न निर्देशन

काठमाडौं, २०७६ फागुण २३ गते शुक्रबार

अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणसँगै खेलकूदका सबै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको छ । एन्फाले जिल्ला तहमा हुने खेलकूदका प्रतियोगिता पनि स्थगित गर्न निर्देशन दिएको छ ।

एन्फाले शुक्रबार एक विज्ञप्ती जारी गरी उपमेयर राष्ट्रिय महिला लिगसँगै राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समेत स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । उपमेयर राष्ट्रिय महिला फुटबल प्रतियोगिता चैत्त ३ गतेदेखि धरानमा हुने निर्धारण गरिएको थियो ।

कोरोना भाइरसको संक्रमण फैल्ने जोखिममा तात्कालका लागि प्रतियोगिता र प्रशिक्षणहरु स्थगित गरिएको एन्फाले प्रष्ट्याएको छ । नेपाली फुटबल टोलीले विश्वकप फुटबलको छनोट खेल चैत्त दोस्रो साता घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । फिफाले छनोट खेल स्थगित गर्ने औपचारिक प्रस्ताव सदस्य राष्ट्रलाई पठाइसकेको छ ।

सदस्य राष्ट्रको सहमतिपछि उसले औपचारिक रुपमा छनोट खेल स्थगित गर्ने निर्णय गर्नेछ । गोरखापत्र अनलाईनबाट

Facebook Comments