Sat. Oct 19th, 2024

नेपाली भूमिमा इन्डियाको अन्यायपूर्ण कब्जाको जेनेभामा विरोध

काठमाण्डौं, २०७९ असोज २६ गते बुधबार । Indian Occupation in Nepalese Land भन्ने मुख्य ब्यानरमा मानव अधिकारसँग सरोकार राख्ने जेनेभाका दुईवटा संगठनले गत सेप्टेम्बरको ३० तारिखका दिन जेनेभामा विरोध प्रदर्शन गरेको समाचार प्राप्त भएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरूको संयोजनमा जेनेभास्थित Rehabilitation Center ; World Organization against Torture’ र International Huma rights Movement’ नामक संगठनले संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ५१ औँ सत्र चलिरहेको बेला विरोध र असन्तुष्टि प्रकट गर्न निर्धारित जेनेभास्थित अन्तर्राष्ट्रिय विरोधस्थल ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सासहित इन्डिया विरोधी प्रदर्शन गरेका हुन् । उनीहरूले नेपाली भूमिमा इन्डियाको अन्यायपूर्ण कब्जा मानवअधिकारको हनन पनि हो भन्दै इन्डिया कालापानीबाट फर्किनुपर्ने र इन्डियाले नेपाली भूमिमाथिको अतिक्रमण बन्द गर्नुपर्ने बेहोराका अङ्ग्रेजी र स्विस भाषामा लेखिएका प्ले कार्ड लिएका थिए । ग्रेटर नेपालको नक्सालाई ठूलो ब्यानर बनाएर ब्रोकन चेयरको छेउमा उभिएका दुवै संस्थाका अनुयायीहरूलाई आगन्तुकहरूले ग्रेटर नेपालका बारेमा उत्सुकतापूर्वक प्रश्नहरू सोधेका थिए ।

जेनेभामा भएको यो विरोध प्रदर्शनको औचित्यबारे प्रश्न गर्दा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जेनेभास्थित मानवअधिकारवादी संगठनहरूले इन्डियाले नेपाली भूभाग कब्जा गरेर नेपालमाथि अन्याय गरेको कुरालाई विरोधको विषय बनाउनु ग्रेटर नेपाललाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फको गतिलो प्रयास भएको बताएका छन् ।

Facebook Comments