Sat. Oct 19th, 2024

प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट

काठमाण्डौं, २०७९ असोज २६ गते बुधबार । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गर्नुभएको छ ।

राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै हुनुहुन्छ । रासस

Facebook Comments