Sat. Oct 19th, 2024

सत्ता गठबन्धनका दललाई सिट बाँडफाँट गर्न मुस्किल, निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । सत्ता गठबन्धनमा सम्लग्न दलहरुलाई आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न मुस्किल परेको छ । बाँडफाँटको गाँठो फुक्न नसकेपछि सत्ता गठबन्धनको बैठकले चुनावी तालमेलका लागि सवै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन मातहतको कार्यदललाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको गठबन्धनको बैठकले १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको नेपाली कांग्रेसका नेता तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनु भयो ।

अब कार्यदल बसेर सवै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा भएको छलफलको प्रतिवेदन तयार गरि शीर्ष तहमा बुझाईने उहाँले बताउनुभयो । कार्यदलले सिट बाँडफाटमा दलहरुले गरेको दावी समेत शीर्ष तहलाई बुझाईने तयारी गरेको छ । कार्कीले छिटै सिट बाँडफाटको बिषय टुङ्गोमा पुग्ने दावी गर्नुभयो ।

Facebook Comments