Sat. Oct 19th, 2024

एमाले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । नेकपा एमालेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, उम्मेद्वारको छनौट सम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेश गर्ने लगायतका एजेण्डा तय गरिएको एमाले प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै संगठीत सदस्यहरुको व्यवस्थापन, परिषद् र आयोगको प्रतिवेदन पेश गर्ने लगायतका एजेण्डा समेत तय भएको गुरुङले बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनु भएको थियो भने १५ जना पोलिट्व्युरो सदस्यहरुले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिनुभयो । पार्टीको नीति, सिद्धान्त र कार्यक्रममा प्रतिवद्ध रहेको, पार्टीको आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चिता तथा संविधानमा व्यवस्था भएको समानुपातीक सहभागीतालाई आधार बनाएर उम्मेद्वारको मापदण्ड तय गरिने गुरुङले जानकारी दिनुभयो ।

सो मापदण्डलाई केन्द्रीय कमिटीले अन्तिम रुप दिने उहाँले बताउनुभयो । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार बस्ने तय भएको छ ।

Facebook Comments