Sat. Oct 19th, 2024

निर्वाचन बिथोल्नु कानुनविपरीत : प्रमुख निर्वाचन आयुक्त

काठमाण्डौं, २०७९ भदौं ५ गते आईतबार । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताउनुभएको छ ।

आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानुनविपरीत भएको भन्दै त्यस्ता तत्वलाई कारवाही हुन नसक्दा मनोवदन बढ्दै गएको बताउनुभएको हो । उहाँले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भने ग्राह्य नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोही अनुरुप मिति तय गरेको जानकारी दिनुयो । एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उहाँको भनाइ छ ।

थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाए पनि आयोगले तीव्र रुपमा आफ्नो काम अघि बढाएको जिकिर गर्नुभयो ।

Facebook Comments