Sat. Oct 19th, 2024

शेयर बजारमा भारी गिरावट

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २० गते शुक्रबार । शुक्रबार बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरे पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्न सकेन । शुक्रबार शेयर बजारमा भारी गिरावट आएको छ । शुक्रबार नेप्से परिसूचक ३४.८५  अङ्कले घटेर २११३.३० को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ प्रतिशतले घटेर ४०६.३४ को विन्दुमा पुगेको छ । आज कूल २१३ कम्पनीका ६४ लाख १६ हजार ६२९ कित्ता शेयर २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४८ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

आज १३ वटै सूचकहरूमध्ये १२ वटा राताम्मे भएका छन् भने एउटा सूचक बढेको छ । आज कारोबार भएका सूचकहरूमा बैंकिङ १.६२, व्यापार २.८ , होटल तथा पर्यटन ०.९१, विकास बैंक २.२२, जलविद्युत् १.५३, फाइनान्स ३.४,  माइक्रोफाइनान्स २.३७ ,  जिवन बीमा १.२ र अन्य ०. ५८ प्रतिशतले  घटेका छन् ।

आज म्युच्युअल फन्ड १.१२ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको ३.१४, कालिका लघुवित्तको ३.१० र बलेफी हाइड्रोपावरको २.५९ प्रतिशतले बढेका छन् ।

आज मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.१८ प्रतिशतले घटेको छ भने गुह्वेश्वरी फाइनान्सको ६.४२, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ६.३७ र सामलिङ्ग पावरको ५.६९ प्रतिशतले घटेका छन् ।

शुक्रबार शिवम् सिमेन्टको सबैभन्दा धेरै १५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १४ करोड १४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ६४ लाख र अपि पावरको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Facebook Comments