Sat. Oct 19th, 2024

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको आज ६७ वर्ष पुरा

रमेश हतुवाली/काठमाण्डौं, २०७९ साउन १६ गते सोमबार । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको आज ६७ वर्ष पुरा भएको छ । सन् १९५५ अगस्त १ का दिन कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात् दुवै मुलुकका सरकार प्रमुखहरू, राजनैतिक दलका नेताहरू, व्यापारी, कर्मचारी, शिक्षक, विद्यार्थीबीचको सम्वन्ध जनस्तरसम्म अभिवृद्धि भैरहेको छ । विश्व रंगमञ्चमा समेत समान धारणा व्यक्त गर्दै आईरहेका नेपाल र चीनबीचको जस्तो सम्बन्ध विश्वका अन्य विरलै देशमा हुने गरेको विज्ञहरुको भनाइ छ ।

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ अगस्त १ लाई नेपाल र चीनबीचको सम्बन्धको नविकरणको दिन हो भन्नुहुुन्छ । महामञ्जुश्रीले काठमाडौं उपत्यकामा रहेको विशाल तालको पानीलाई आफ्नो खड्गले काटी चोभारबाट बगाई काठमाडौं उपत्यकामा वस्ती बसाएको समयदेखि आजका दिनसम्म आईपुुग्दा नेपाल र चीन सजिलो समयमा मात्र नभएर अप्ठेरो परिस्थितीका समेत भरपर्दा मित्र हुन् भन्ने कुराको प्रमाण प्राप्त भैसकेको कुटनीतिज्ञ श्रेष्ठको भनाइ छ ।

नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल ६७ वर्षको अवधिमा नेपाल र चीनमा जति सुकै र जस्ता सुकै किसिमका राजनीतिक तथा आर्थिक परिवर्तन आए पनि दुई देशको सम्बन्धमा कहिल्यै कुनै पनि प्रकारका उतारचढाव नआएको बताउनु हुन्छ ।

छिमेकी देशको गरिवीले आफ्नो देशलाई पनि नकारात्मक प्रभाव पार्छ भन्ने कुरो राम्ररी बुझेको चिनियाँ नेतृत्वले आफ्नो देशको विकासको प्रतिफल छिमेकीले समेत उपभोग गर्न पाउन भन्ने लगायतका कुराहरुलाई मध्यनजर गर्दै बिआरआई परियोजना ल्याएको रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलको धारणा छ ।

आर्थिक विकासको बाटोमा लम्कन लागेको नेपाल र विश्व अर्थतन्त्रको मियो बनेको चीनबीच भौतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदानप्रदानबाट सहयात्रा गर्दै अघि बढ्न सक्नु आजको आवश्यकता हो । दिनानुदिन उच्च एवम् सम्पन्न जीवनशैली व्यतीत गर्ने स्तरमा पुगेका चिनियाँ पर्यटकहरूलाई आकर्षण गर्न कुनै कसर बाँकि नराखी नेपालको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने समयलाई पनि हर्किन नदिनु हाम्रो बुद्धिमानी हो ।

Facebook Comments