Sat. Oct 19th, 2024

बार एशोसिएशनका पदाधिकारीद्वारा प्रधानन्यायाधीश राणा बिरुद्धको ‘अलपत्र’ महाअभियोग प्रस्ताब वारे सभामुखसंग छलफल

काठमाण्डौं, २०७९ साउन १६ गते सोमबार । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा अलपत्र अवस्थामा रहेको महाभियोगको प्रस्तावका बारेमा नेपाल बार एशोसिएशनका केन्द्रिय पदाधिकारीहरुले सभामुख अग्नी प्रसाद सापकोटासंग छलफल गर्नुभएको छ ।

बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे तथा महासचिव अन्जिता खनालसहित पदाधिकारी तथा सदस्यहरुले सभामुख सापकोटासंग महाभियोग र न्यायपालिका भित्र विद्यमान विक्रिती, विसंगती लगायत समसामयिक विषयमा छलफल गरेको हो ।

२०७८ फागुन १ गते सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाभियोगको प्रस्ताब दर्ता गरेको थियो । प्रस्ताब दर्ता गरे पछि दलहरुले प्रक्रिया भने अघि बढाएका छैनन ।

Facebook Comments