Sun. Nov 17th, 2024

प्रचण्ड भन्नुहुन्छ, “माओवादी केन्द्र एमसीसीको विपक्षमा छ”

काठमाण्डौं, २०७८ फागुन ८ गते आईतबार । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको बताउनु भएको छ । माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले आज एमसीसी संसदमा टेबल गरेको छ ।

प्रचण्डले भने सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै माओवादी एमसीसीको विपक्षमा उभिने बताउनु भएको हो । यधपि संसदमा एमसीसी टेवल हुने क्रममा भने प्रचण्ड कुर्सीमा बसिरहनुभएको थियो उहाँले कुनै बिरोध जनाउनु भएन ।

यस्तै उहाँले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शन गर्नेहरूमाथी प्रहरीले गरेको दमको विरोध गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

Facebook Comments