Sat. Oct 19th, 2024

सन् २०२१ मा एपेकका सदस्य मुलुकको आर्थिक बृद्धि ६ प्रतिशत पुग्ने अनुमान

काठमाण्डौं, २०७८ कात्तिक २४ गते बुधबार । एशिया प्रशान्त आर्थिक सहयोग संगठन अर्थात् एपेकले आठ तारिख एक विश्लेषण प्रतिवेदन सार्वजनिक गरेअनुसार एपेकका सदस्य मुलुकको अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतले बढेको छ र सन् २०२२ मा ४.९प्रतिशतको वृद्धिमा स्थिर रहनेछ।

यस प्रतिवेदनका अनुसार वितेका वर्षको आर्थिक गतिविधि पुनःबढ्ने प्रभावमा चालू वर्षको पूर्वार्धमा मालसामान व्यापार मात्रा दुई अंकको वृद्धिलाई साकार तुल्याइएको छ। औषधी,दूरसञ्चार उपकरण,कम्युटर र कोभिड प्रतिरोध सम्बन्धी मालसामान व्यापारले शक्तिशाली वृद्धिलाई कायम राखेको छ।

जलवायु परिवर्तनले एपेकका सदस्य मुलुक लगायत पूरै संसारका मानव जातिका लागि जीवनयापनमा खतरा सिर्जना गर्ने छ। जलवायु परिवर्तनले एपेकको बित्तीय प्रणाली,आपूर्ति श्रृंखला र उपभोक्ता कार्वाहीमा प्रभाव पार्नेछ। जलवायुको परिवर्तन 2.0℃भन्दा कम भएको सबैभन्दा राम्रो अवस्थामा एपेकको कूल गार्हस्थ्य उत्पादन मात्रा सन्२०५०सम्म निरन्तर रुपमा ११.३प्रतिशत गुमाउने अनुमान गरिएको छ। सीआरआई

Facebook Comments