Thu. Jun 11th, 2026

चीनको उहानमा कोरोना भाइरस पत्ता लाग्नु अगाडि नै अमेरिकामा फैलिसकेको खुलासा

       

काठमाण्डौं, २०७८ कात्तिक ५ गते शुक्रबार । सन् २०२१ को सेप्टेम्बर २७ तारिख एक दिलानली नामक नेटिजनले ट्विटरमा‘कोरोना भाइरससम्बन्धी हल्ला र वास्तविक अवस्था’शीर्षकमा लेख सार्वजनिक गरेका थिए।

उक्त लेखमा इजरायली जासुसी संस्थाले नियन्त्रण गरेको जासुसी सफ्टवेयरको डाटाबेसमा एक अमेरिकीको परिचयमा रेकर्ड गरिएको कोरोना भाइरससम्बन्धी विषयबारे जानकारी दिइएको छ।

लेखमा, उक्त रेकर्डअनुसार, चीनको उहान सहरमा कोरोना भाइरस पत्ता लगाइनु अगाडि र अमेरिकी सैनिकले उहानमा सातौँ विश्व सैनिक खेलकुद समारोहमा भाग लिनु अगाडि नै कोरोना भाइरस अमेरिकामा फैलिसकेको उल्लेख गरिएको छ।

दिलानली नामक नेटिजनले ‘धेरै व्यक्तिको आरोप सही हो, अमेरिकी वैज्ञानिकले कृत्रिम भाइरसको अध्ययन गर्दा कोरोना भाइरसको चुहावट गरेको’ ट्विटरमा टिप्पणी गरेका थिए। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read