Thu. Jun 11th, 2026

तेस्रो त्रैमासिकमा चीनको जीडीपी ४.९ प्रतिशतले वृद्धि

       

काठमाण्डौं, २०७८ कात्तिक ५ गते शुक्रबार । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, तेस्रो त्रैमासिकमा चीनको जीडीपी ४.९ प्रतिशतले वृद्धि भएको छ। उक्त तथ्याङ्क केही समय पहिले गरिएको अनुमानभन्दा केही कम देखिएको छ।

हाल विश्व आर्थिक विकासमा केही नयाँ दबाव देखा परेको छ। अन्तर्राष्ट्रिय समाजमा कोभिड-१९ महामारी बारम्बार उत्पन्न भइरहेको अवस्था तथा उत्पादनकालागि चाहिने सामग्रीको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय समुद्री ढुवानीको मूल्यवृद्धि र श्रमिक अभाव आदि कारणले अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्षको विश्व आर्थिक वृद्धि दरको अनुमान ५.९ प्रतिशतमा घटाएको छ।

यस्तो अवस्थामा चिनियाँ आर्थिक विकसित प्रवृत्ति कस्तो हुने छरु चिनियाँ बजारको जीवन्त शक्ति, आन्तरिक आवश्यक्ताको निहीत शक्ति र सरकारको आर्थिक विकास नीतिबाट चिनियाँ आर्थिक विकासमा मानिसले विश्वास गरेको देखिएको छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read