Wed. Sep 25th, 2024

भारतमा चरम विद्युत सङ्कट

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । भारत अभूतपूर्व विद्युत् सङ्कटको सङ्घारमा छ। भारतका १३५ कोइलामा आधारित विद्युत् गृहहरूमा कोइला निकै कम छ।

कुल विद्युत् उत्पादनको ७० प्रतिशत कोइलाबाट उत्पादन हुने भारतको महामारीपछिको आर्थिक उत्थानमा यसले गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त भएका छन्।

यो सङ्कट महिनौँदेखि बनिरहेको थियो। कोभिडको दोस्रो लहरपछि भारतको अर्थतन्त्र उँभो लाग्न थालेपछि ऊर्जाको माग ह्वात्तै बढ्यो।

गत दुई महिनामा सन् २०१९ को त्यही दुई महिनाको तुलनामा ऊर्जा खपत १७ प्रतिशतले बढेको छ। यही समयमा विश्वभरि कोइलाको मूल्य ४० प्रतिशतले बढ्यो र भारतको आयात दुई वर्षमा सबैभन्दा कम रह्यो। विश्वकै चौथो ठूलो कोइला खानी भएको देश भए पनि भारत विश्वको दोस्रो ठूलो कोइला आयातकर्ता हो।

आयातित कोइलामा भर पर्ने विद्युत् गृहहरू अहिले भारतीय कोइलामा भर परेका छन् जसले घरेलु कोइला मागमा थप भार परेको छ। बीबीसी

Facebook Comments