Wed. Sep 25th, 2024

प्रधानमन्त्रीद्वारा नवनियुक्त मन्त्रीहरुलाई जनअपेक्षाअनुसार काम गर्न निर्देशन

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिनुभएको छ । मन्त्रिपरिषद्को बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, नागरिकको आवश्यकताअनुसार उत्साह र इमानदार भएर नागरिकको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैबीच सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद् विस्तार भएपछि शुक्रवार पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले कम खर्चमा धेरै नजिता दिने भन्दै मापदण्ड स्वीकृत गरेको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कोरोना महामारीले देशको आर्थिक व्यवस्थामा परिरहेको सङ्कट र विकासको बढ्दो मागलाई ध्यान दिइएको सरकारी दाबी छ । मापदण्डमा सरकारले अनावश्यक खर्च नगर्ने, कम खर्चमा नतिजा दिने, करारमा अनावश्यक कर्मचारी भर्ना नगर्ने, बैठक र भ्रमण भत्तामा कडाइ लगायतका विषय समेटिएका मन्त्री कार्कीले जानकारी दिनुभयो ।

Facebook Comments