Thu. Sep 26th, 2024

अस्ट्रेलियाले नोभेम्बरदेखि सीमा खोल्ने, खोप लगाएका व्यक्तिलाई यात्रा गर्न सहज

काठमाण्डौं, २०७८ असोज १५ गते शुक्रबार । अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्दैछ।

अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको छ। बाहिरिने यात्रामा पनि प्रतिबन्ध लगाइएको छ।

यो नीतिले कोभिड-१९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ तर यसले विवादास्पद रूपमा परिवारहरूलाई पनि छुट्टाएको पनि छ।

प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रासम्बन्धी स्वतन्त्रता पाउने बताउनु भयो । बीबीसी

Facebook Comments