Wed. Sep 25th, 2024

अमेरिकाको टेक्ससमा गर्भ तुहाउन सहयोग गर्ने डाक्टरविरुद्ध मुद्दा

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । अमेरिकाको टेक्सस राज्यमा गर्भपतन विरुद्धको नयाँ कानुन उल्लङ्घन गरेको स्वीकार गर्ने एकजना डाक्टरविरुद्ध मुद्दा दायर भएको छ। ती डाक्टर एलन ब्रेइडले वाशिङ्गटन पोष्ट पत्रिकामा लेख लेख्दै आफूले गर्भधारणको प्रारम्भिक चरणमा रहेकी तर टेक्सस राज्यले तोकेको “नयाँ कानुनी समयसीमा” नाघेको अवस्थाको एक महिलालाई गर्भपतनमा सघाएको बताएका थिए।

आर्कान्सो र इलिनोई राज्यका भूतपूर्व वकिलहरूले सोमवार ती डाक्टरविरुद्ध मुद्दा दायर गरेका हुन्। टेक्सस राज्यमा जारी गर्भपतनसम्बन्धी नयाँ कानुनले गर्भधारण भएको छिटोमा छ हप्तासम्मको अवस्थामा गरिने गर्भपतनलाई गैरकानुनी ठहर गरेको छ।

उक्त नयाँ कानुन यही सेप्टेम्बर महिनाको १ तारिखबाट लागु भएको छ। त्यसअनुसार टेक्सस वा अन्यत्रका जो कोही व्यक्तिले छ हप्ता नाघेको गर्भपतन गर्न सघाउने डाक्टरहरूविरुद्ध मुद्दा हाल्न पाउँछन्।

तर उक्त कानुनले त्यस्तो गर्भपतन गराउने महिलाविरुद्ध मुद्दा चलाउने अनुमति भने दिँदैन। गर्भपतनविरोधी अभियानकर्ताहरूले भन्ने गरेका “भ्रूणको मुटुको चाल” थाहा पाउन सकिने अवस्था भइसकेपछि गरिने गर्भपतनमाथि नयाँ कानुनले प्रतिबन्ध लगाएको छ।

तर यो अवस्थालाई चिकित्सा क्षेत्रका विज्ञहरूले अन्योलकारी भनेका छन्। बीबीसी

Facebook Comments