Wed. Sep 25th, 2024

जापानी दिदीबहिनी विश्वकै ज्येष्ठ जुम्ल्याहा भएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल

उमेनो (बायाँ) का चारजना र कोउमी (दायाँ) का तीनजना सन्तान छन्

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । दुई जापानी दिदीबहिनीहरुलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ। उहाँहरू १ सेप्टेम्बरका दिन १०७ वर्ष ३०० दिनका हुँदा त्यस्तो प्रमाणित गरिएको हो।

उमेनो सुमियामा र कोउमी कोदामले यसअघि जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको नाममा रहेको कीर्तिमान तोड्नु भएको हो । सन् १९१३ को नोभेम्बर ५ का दिन सोदोसिमा टापुमा जन्मिनु भएका उमेनो र कोउमी निकै मिलनसार व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।

यो घोषणा सोमवार ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्ने दिनको अवसर पारेर गरिएको हो। त्यस दिन जापानमा राष्ट्रिय बिदा दिइन्छ। कोभिड महामारीका कारण जापानका फरकफरक ठाउँमा रहनु भएका उहाँहरूलाई भिन्दाभिन्दै प्रमाणपत्र पठाइएको थियो। यसअघिका किन र जीन १०७ वर्ष १७५ दिनको कीर्तिमान कायम गर्नुभएको थियो ।

किनको मृत्यु सन् २००० को ज्यानुअरीमा भएको थियो भने त्यसको एक वर्षपछि १०८ वर्षको उमेरमा जीनको मृत्यु भएको थियो। ती जुम्लयाहाको नामको अर्थ जापानी भाषामा सुन र चाँदी भन्ने हुन्छ।

सन् १८९२ को अगस्ट १ मा जन्मिनुभएका उनीहरूको आफ्नो जीवनको अन्तिम दशकमा सञ्चारमाध्यमहरूमा निकै चर्चित बन्नु भएको थियो । बीबीसी

Facebook Comments