Wed. Sep 25th, 2024

कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएकाहरूका लागि अमेरिका जान हवाई यात्रा खुकुलो पारिँदै

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । अमेरिकाले यूके, ईयू र अन्य देशहरूका मानिसहरु आफ्नो देश प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ। नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुहरू कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मात्र गरेपछि अमेरिका जान पाउनेछन्।

गतसाता मात्र ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो। कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्धहरू लगाइएको थियो।

यो कदमले अमेरिकाका युरोपेली साझेदारको एउटा मुख्य मागलाई सम्बोधन गरेको छ। यसले अब प्रतिबन्धकै कारण टाढिएका साथी र नातेदारलाई पुर्नमिलन हुने बाटो खोल्नेछ।

सोमवार नयाँ नियमहरूको घोषणा गर्दै ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले ‘यो अझ बलियो प्रणाली रहेको’ बताउनु भयो । बीबीसी

Facebook Comments