Tue. Sep 24th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा आश्चर्यलाग्दो मानव बन क्षेत्र साइ हानको निरीक्षण

काठमाण्डौं, २०७८ भदौं ८ गते मंगलबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आश्चर्यलाग्दो मानव बन क्षेत्र साइ हानको निरीक्षण गर्नुभएको छ ।  साइ हान पा क्षेत्र चीनको हपै प्रान्तको उत्तरी भाग अर्थात् भित्री मंगोलियाली पठार भूमिको दक्षिणी भागमा अवस्थित छ। साइ हान पा को अर्थ सुन्दर उच्च पहाडी क्षेत्र हो। यहाँ विश्वकै सबैभन्दा ठूलो मानव निर्मित बन क्षेत्र छ।

अगष्ट २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले साइ हान पा पुगेर उक्त बन क्षेत्रको निरीक्षण गर्नुभएको हो । सन् १९६२ मा पैचिङमा पुग्ने गम्भीर बालुवा आँधीलाई रोक्नका लागि चीनको बन मन्त्रालयले साइ हान पा बन क्षेत्रको स्थापना गरेको थियो।

त्यस बेला चीनका १८ वटा प्रान्तबाट आएका औसत रूपमा २४ वर्ष पुगेका जम्मा ३ सय ६९ जना युवा युवतीहरूले साइ हान पामा भेला भएर उच्च पहाडी क्षेत्रमा मानव बन क्षेत्रको निकै जटिल र अप्ठ्यारो कार्य थालेका थिए। उनीहरूले अथक प्रयासमार्फत एकदमै जटिल भौगोलिक स्थितिमा आश्चर्यलाग्दो मानव बनको निर्माण गरेका छन्।

हालको साइ हान पालाई एउटा निकै रमणीय चित्र भनिन्छ। सीआरआई

Facebook Comments