Tue. Sep 24th, 2024

मलाई कसैको विश्वास छैन-राष्ट्रपति बाइडन

काठमाण्डौं, २०७८ भदौं ७ गते सोमबार । अमेरिकाका राष्ट्रपति जो बाईडनले अफगान मामिलामा आफुलाई कसैको पनि विश्वास नभएको प्रतिक्रिया दिनु भएको छ । राष्ट्रपति बाईडनले भन्नुभयो, “तालिबानको चाहना छ कि उसलाई बैधानिक भनियोस् । तर महत्वपूर्ण कुरो अमेरिका र तालिबानबीचको सम्बन्धमा धेरै प्रतिवद्धताहरु पनि भएका छन् । अमेरिकी सरकारले अब यो हेर्न बाँकी छ कि ति प्रतिवद्धताहरु पूरा गर्न तालिबान कत्तिको गम्भिर हुन्छ ।”

जब बाईडनलाई प्रश्न गरियो कि के तपाई तालिबानलाई विश्वास गर्न सक्नु हुन्छ ? बाईडनले भन्नुभयो, मलाई कसैको पनि विश्वास छैन । यसका साथै बाईडनले भन्नुभयो, काबुल विमानस्थलबाट अमेरिकी विमानमार्फत बाहिरिने शरणार्थीहरुमाथि के हुन्छ ? उहाँले भन्नुभयो, “म कसैलाई विश्वास गर्न सक्तिन । तालिबानले एउटा आफ्नै निर्णय लिनु पर्छ । त्यो निर्णय के हो भने, के तालिबान आफगानिस्तानका जनतालाई एकजुट बनाएर उनीहरुको भलाईको लागि काम गर्छ, जुन विगत १०० वर्षदेखि कुनै पनि समूहले कहिल्यै गर्न सकेनन् । यदि तालिबान यसो गर्न सक्छन् भने उनीहरुलाई आर्थिक तथा ब्यापारिक लगायतका क्षेत्रमा सहयोगको आवश्यकता पर्दछ ।”

अमेरिकी राष्ट्रपति बाईडनको यो प्रतिक्रिया त्यतिवेला आएको हो जब विश्वका विभिन्न देशहरुले अमेरिकाको घेराभित्र रहेको काबुल विमानस्थलबाट आफ्ना नागरिकहरु सुरक्षित रुपमा स्वदेश फर्काउन प्रयास गरिरहेका छन् ।

अमेरिकी सेनाले पछिल्ला ९ दिनमा लगभग २५ हजार अफगान नागरिकलाई उद्धार गरेको छ । पछिल्लो जानकारी अनुसार जुलाई महिनादेखि अहिलेसम्म झण्डै ३० हजार मानिसलाई बाहिर निकालिएको छ ।

राष्ट्रपति बाईडनले भन्नुभयो, “उद्धारमार्फत अमेरिका ल्याईएका मानिसहरुलाई एउटा सैनिक कार्यालयमा राखिन्छ जहाँ उनीहरुको शारिरीक जाँच (स्क्रीनिंग) गरिन्छ । त्यसपछि उनीहरुको सम्पूर्ण पृष्ठभूमिको अध्ययन पश्चात अमेरिकाका विभिन्न स्थानहरुमा स्थापित गराईने छ ।” बीबीसी

Facebook Comments