Tue. Sep 24th, 2024

नेपाल पक्षका नेताहरु चन्द्रागिरी रिसोर्टमा, जनताको बहुदलीय समाजवादबारे सैद्धान्तिक छलफल हुँदै

काठमाण्डौं, २०७८ भदौं ७ गते सोमबार । सत्तारुढ गठबन्धनमा रहदै आउनुभएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु चन्द्रागिरी रिसोर्टमा पुग्नुभएको छ । नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार निर्वाचन आयोगमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) नयाँ पार्टीको सैद्धान्तिक विषयमा छलफल हुन लागेको हो ।

नेकपा एमाले औपचारिक विभाजनसँगै दल दर्ताको वैधानिक प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा उठ्दै आएको ‘जनताको बहुदलीय समाजवाद’ विषयमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुबीच छलफल हुन लागेको चौधरीले जानकारी दिनुभएको छ ।

सोमबार नै नेकपा एमालेले दश बुँदे सहमतिपत्रलाई कार्यान्वयन गर्न जोड दिइने बताए पनि यी लगायत एमाले एकताको विषय भने अब सम्बन्धित नै नभएको उहाँले बताउनुभएको छ । वरिष्ठ नेता नोपाल पक्षीय यो छलफल भोलि या छिट्टै नै टुंगिने पनि उहाँले जानकारी दिनुभयो । नेता नेपाल पक्षले आगामी दिनमा बृहत्तर कम्युनिष्ट एकतालाई पनि अगाडि बढाउने बताउँदै आएको सन्दर्भमा यसखाले सैद्धान्तिक विषयमा छलफल हुन गइरहेको छ ।

निर्वाचन आयोगले नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भदौ ९ गते बुधबार (पर्सी)लाइ सनाखत गर्न बोलाएको छ । गोरखापत्र अनलाईन

Facebook Comments