Tue. Sep 24th, 2024

नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्वकप्तान पारस खड्का र प्रधानमन्त्री देउवाबीच भेटघाट

तस्विर-प्रधानमन्त्री देउवाको ट्वीटरबाट

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार । नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडका र प्रधानमन्त्री शेर बहादुर देउवावीच भेटघाट भएको छ । पूर्व कप्तान खड्का प्रधानमन्त्री देउवालाई भेट्न आज प्रधानमन्त्री निवास वालुवाटार पुग्नु भएको हो ।

सो भेटमा पारसले नेपाली क्रिकेटको बिकासका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले दुई दशकसम्म नेपाली क्रिकेटको बिकासमा पूर्ब कप्तान खडकाले गर्नुभएको योगदानप्रति धन्यवाद दिनुहुँदै आगामी यात्राका लागि शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटको बिकासका लागि हरसम्भब प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको कप्तान खडकाले जानकारी दिनुभयो । पूर्ब कप्तान खडकाले भन्नुभयो, “रणनीतिक कुनै छलफल भएको छैन्, आफ्नो आगामी यात्राबारे जानकारी गराउँदै क्रिकेट बिकासका लागि सरकारको सहयोग माग्यौं ।”

पारसले गत् साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो । सन्यासको घोषणापछि आयोजित पत्रकार भेटघाटमा पारसले क्रिकेट बिकासका लागि आफू नेपाल क्रिकेट संघमा आउने इच्छा ब्यक्त गर्नुभएको थियो ।

पारससँगको भेटपछि प्रधानमन्त्री देउवाले आफ्नो ट्वीटरमा भेटघाटको तस्विर साझा गर्दै लेख्नुभएको छ, “दुई दशकमा नेपली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन ठूलो सपना देख्न प्रेरित गरेकोमा धन्यवाद ।” उहाँले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो पारीमा पनि सफलता मिलोस भन्नुहुँदै सरकारको साथ र सहयोग सधैं रहीरहने बताउनुभएको छ ।

Facebook Comments