Tue. Sep 24th, 2024

गजल

- तिला लेकाली, बेलबारी, मोरङ

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार ।

-तिला लेकाली

डर र अत्यास अत्यन्तै लाग्छ बतासबाट
तर भागेर कहाँ हुन्छ मृत्यु त्रासबाट ।

हर दिन विश्व उज्यालो पार्छ आफू बलेर
धर्म के हो बुझे हुन्छ सूर्यको प्रकाशबाट ।

सोचेको काम बेलैमा गरिहाल्नोस् प्रिय मित्र
के थाहा,धोका हुनसक्छ आफ्नै श्वासबाट ।

कमिलो पहाड उठाउँछ, मौरी मह पार्छ
हेर्नोस् ,गर्दा के नहुँदोरहेछ प्रयासबाट ।

तिमी तास खेलिरहन्छौ रक्सी धोकिरहन्छौ
बिना श्रम कसलाई बर्सिन्छ आकाशबाट ?

गजल २०७८/०४/२१

Facebook Comments