Sat. Jun 20th, 2026

फिफा विश्वकप फुटबल-२०२६ : अमेरिकाद्वारा अष्ट्रेलिया पराजित   

शुक्रबार, जुन १९, २०२६ मा सियाटलमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलिया बीचको विश्वकप समूह डी फुटबल खेलको क्रममा संयुक्त राज्य अमेरिकाका वेस्टन म्याकेनीले अष्ट्रेलियाका ज्याकब इटालियानोको प्रहारलाई रोक्न खोज्दै। (एपी फोटो/लिन्डसे वासन)

       

काठमाण्डू । फिफा विश्वकप फुटबल-२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २-० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गरयो । खेल सुरुवाती ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता दिलाए । अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गरयो ।

खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अष्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो । यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । रासस

Facebook Comments