Mon. Sep 23rd, 2024

चीनका सर्वोच्च नेता सी चिन फिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा महत्वपूर्ण सम्बोधन

काठमाडौं, २०७८ असार १७ गते बिहीबार ।  चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका सर्वोच्च नेता सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा महत्वपूर्ण सम्बोधन गर्नुहुँदै चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षको ऐतिहासिक अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतवार्षिकीको अवसरमा चीनको राजधानी पैचिंगस्थित थिआन आनमन चौंकमा आयोजना भैरहेको भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्षको अवधिमा भएका महत्वपूर्ण उपलब्धिहरुको चर्चा गर्नुहुँदै विगत सय वर्षदेखि चीनको उत्थान र चिनियाँ जनताको सेवामा अहोरात्र सेवा गर्ने चीनका महान किसान, श्रमिक, मजदूर, सेना, प्रहरी, उद्धारकर्मी, पार्टीका कार्यकर्ता र चिनियाँ जनताको उच्च मूल्यांकन गर्नुभएको छ ।

सम्बोधनका क्रममा महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीका महान नेताहरु माओ चतोंग, चौ अनलाई, तंग स्याओ फिंग, चुत, लिउ साओछी, च्यांग चमिन, हु चिन थाओ लगायको योगदानको उच्च मूल्यांकन गर्नुभयो । सीको सम्बोधन जारी छ ।

Facebook Comments