Mon. Sep 23rd, 2024

चीनको राजधानी पैचिंगमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी समारोह सुरुभारम्भ

काठमाडौं, २०७८ असार १७ गते बिहीबार । चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतवार्षिकीको अवसरमा चीनको राजधानी पैचिंगस्थित थिआन आनमन चौंकमा सुरु भएको ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि फिंग, प्रधानमन्त्री लि खछयांग लगायतका उच्च नेतागण र हजारौ सर्वसाधारणको उक्त समरोहमा सहभागिता रहेको छ । यत्तिवेला चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि फिंगले समारोहलाई सम्बोधन गरिरहनु भएको छ ।

सन् १९२१ को जुलाई १ तारिखका दिन चीनको सांघाई शहरमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको एक सय वर्षको अवधिमा नयाँ चीनको स्थापना सन् १९४९, विश्वको लागि चीनको ढोका खुल्ला गर्ने आर्थिक उदारिकरणको सुभारम्भ र वेल्ट एण्ड रोड जस्ता महापरियोजनाको परिकल्पना र कार्यान्वयन महत्वपूर्ण उपलब्धि हुन् ।

Facebook Comments